जनकपुरधाम उपमहानगरपालिकाका २ जना कर्मचारी कोरोना संक्रमित



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका २ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । संक्रमितको सम्पर्कमा आएपछि उनीहरुलाई आफुमाथि शंका लाग्दा जनकपुरधामस्थित प्रादेशिक प्रयोगशालामा पीसीआर परिक्षण गराएपछि पोजेटिभ रिजल्ट आएको उपमहानगरका जनस्वास्थ्य अधिकृत उमेश रायले जानकारी दिए ।

संक्रमितहरु उपमहानगरको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत २४ र ४४ वर्षीय कार्यालय सहयोगी रहेको उनले बताए । उपमहानगरका ति दुबैजना कर्मचारी संक्रमित भएपछि एक दुई दिन भित्रै सबै कर्मचारीको स्वाब संकलन गरि पीसीआर परीक्षण हुने रायले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ को तथ्यांक अनुसार धनुषामा ६ हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिएकोमा ७ सय ४१ जना कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु समेत भइसकेको छ ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्