ललितपुर केन्द्रबिन्दु भएर गयो भूकम्प



काठमाडौं : ललितपुर केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ ।

बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टर स्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।
प्रकाशित :साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्