ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

बुधबार साँझ ५ बजेका लागि तय भएको भेटवार्ता स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार ओली र प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता हुनेछ ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्