बैंकभित्रै कर्मचारीद्वारा आत्महत्या



विराटनगरः विराटनगर स्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत एक युवतीले कार्यालयभित्रै आज (बुधबार) आत्महत्या गरेकी छिन् ।

बैंकको कर्जा शाखामा कार्यरत विराटनगर ८ की २४ वर्षीया सनाज खतिवडाले विष सेवन गरि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

विष सेवन गरी बैंकको स्टोर शाखातिर अचेत अवस्थामा रहेकी उनलाई कर्मचारीहरुले उपचारका लागि नोबेल अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

उनलाई चिकित्सकरुले मृत घोषणा गरेका थिए । उनले विषादी सेवन गरेको र हातको नसासमेत काटेको डीएसपी थापाले बताए । ‘घटनास्थलबाट ‘लुवान’ नामको विषादी र ब्लेड बरामद भएको छ,’ उनले भने, ‘खतिवडाको घरमा सुसाइड नोटसमेत भेटिएको छ ।’

घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र अहिले बैंकको सीसी टिभी फुटेज लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित :साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्