नेपाल खुसी राष्ट्रकाे १०० औँ स्थानमा



काठमाडौं : नेपाल विश्वभरका खुसी राष्ट्रहरू मध्ये १०० औँ स्थानमा परेको छ । राष्ट्रसंघद्वारा सार्वजनिक सन् २०१८ को ‘विश्व खुसी प्रतिवेदन’ अनुसार नेपाल १०० औँ स्थानमा परेको हो ।

यस्तै १ सय ५६ राष्ट्र मध्ये फिन्ल्यान्ड विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ । दोस्रोमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्यान्ड र पाँचौँमा नेदरल्यान्डस् परेको छ । 

दक्षिण एसियाली राष्ट्रबाट भने पाकिस्तान सबैभन्दा खुसी देखिएको छ । पाकिस्तान ६७ औँ राष्ट्रमा पर्दा भुटान ९५ औँ, बङ्गलादेश १२५, श्रीलङ्का १३०, भारत १४० मा रहेको छ । 

जीवन आयु, सामाजिक मान्यता, स्वतन्त्रता, स्वास्थ्य, विश्वास भ्रष्टाचार लगायतका कुराहरूलाई जाँच गरेर रिपोर्ट सार्वजनिक गरिएको रिपोर्टका सह सम्पादक जोन हेलिवेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्