महामूर्ख पदक मेयर साहलाई



जनकपुर : जनकपुर उपमहानगरपालीका मेयर लालकिशोर साहलाई यस वर्षको महामूर्ख पदक दिइएको छ। प्रत्येक वर्ष होलीको अवसरमा मिथिला नाट्यकला परिषद्ले प्रदान गर्ने यो पदक यसवर्ष साहले प्राप्त गरेका हुन्।

उपाधि ग्रहण गर्दै मेयर साहले मिथिलाको परिक्रमा र यहाँको परम्परा पौराणिक रहेको जिकिर गर्दै मिनापले महामूर्ख सम्मेलनको आयोजना गरेकोमा धन्यवाद दिन चाहान्छु। होलीमा सबै वर्ग समुदाय मिलेर रंग अबिर खेल्न समेत आग्रह गरे। कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरूलाई मान पदवी सहित सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्