लगानी बोर्डका नवनियुक्त प्रमुख भट्टले गरे पदभार ग्रहण



काठमाडौंः लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदभार ग्रहण गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गरेका भट्टले आज (बुधबार) कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै उनले कार्यालयका रोकिएका गतिविधि अघि बढाउने सुरूवाती योजना रहेको बताए ।

प्रकाशित: साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्