राम मन्दिर निर्माणको खुशीयालीमा सितानगरी जनकपुरधाममा दीपोत्सव (फोटोफिचर)



जनकपुरधाम: भारतको उत्तरप्रदेशस्थित अयोध्यामा आज (बुधबार) राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेपछि सितानगरी जनकपुरधाममा दीपोत्सव मनाइएको छ ।

जनकपुरधाम भगवान रामको ससुराली रहेकोले भारतमा राम मन्दिर निर्माण सुरु भएको अवसरमा यहाँ आफुहरुले खुशीयाली स्वरुप दीपोत्सव मनाएको युवा अभियन्ता सुशील कर्णले बताए । उनले जानकी मन्दिर र वरिपरि २ हजार ५ सय दीप प्रज्वलन गरिएको जानकारी दिए । यूवा अभियन्ता कर्णले भारतको अयोध्यामा लामो समय देखि प्रतिक्षारत्त रहेकोले भगवान रामको ससुराली जनकपुरधाममा मन्दिर निर्माणका लागि भएको भुमिपूजनलाई ऐतिहासिक दिनको क्षणको रुपमा लिएर रंगौली बनाई दीप प्रज्वलन गरी विशेष दिनको रुपमा मनाएको बताए ।

जनकपुरधामस्थित जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरहरुमा भूमिपूजनको खुशियालीमा जनकपुरधाममा रामधुन बजाउदैँ भजन किर्तन गरिएको छ भने साँझमा घर आँगन, सडक पेटिका लगायतका क्षेत्रमा समेत रंगोली बनाएर दीप प्रज्वलन गरिएको छ ।

राम मन्दिरको भूमिपूजनको अवसरमा खुशियाली मनाउदैँ जानकी मन्दिरमा भजन किर्तन भएको र साँझमा दीपावली मनाइएको जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताए ।

यता, अयोध्यामा राम मन्दिर निर्माण हुन लागेको खुशीयालीमा जनकपुरधामका सर्वसाधारणले समेत आज साँझ आ-आफ्नो घरको मूलढोका अगाडी दीप प्रज्वलन गरी दीपावली मनाएका छन् ।

प्रकाशित: साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्