मेडिकल कलेजको ठगीलाई उपकुलपतिकै संरक्षण



काठमाडौं : शैक्षिक शुल्कका नाममा लाखौँ रुपैयाँ असुरलेर ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयकै उपकुलपति तीर्थराज खनियाँले संरक्षण दिने गरेका छन्। पटक–पटक विद्यार्थी अभिभावकले उजुरी गर्दा पनि ती कलेजविरुद्ध कारबाही गर्न खनियाँले चासो नदेखाएका हुन्।

यसका कारण मेडिकल कलेजले विद्यार्थीसँग असुल्ने रकम दर बढाउने मौका पाएका छन्। विद्यार्थीको उजुरी त्रिविकै अनुगमन निर्देशनालयले गरेको छानबिनमा अघिल्लो शैक्षिक सत्रमै मेडिकल कलेजले विद्यार्थीबाट लाखौँ अवैध शुल्क उठाउँदै आएको पाइएको थियो।

उजुरी र छानबिन समितिको प्रतिवेदनलाई कार्यकारी परिषदमा लगेर कारबाही प्रत्रिया अघि बढाउन खनियाँले आनाकानी गरेका हुन्। यसमा रजिस्ट्रार डिल्लीराम उप्रेतीले पनि साथ दिएका छन्।

‘विद्यार्थीबाट करौडौं अतिरिक्त शुल्क उठाउने मेडिकल कलेजलाई जोगाउन खनियाँ सरकै मिलेमतो देखिन्छ’, त्रिवि कार्यकारी स्रोतले भन्यो, ‘प्रतिवेदनमाथि छलफल भयो, तर यहाँले निर्णय गर्ने अग्रसरता कहिल्यै देखाउनुभएन।'  याे समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्