जोरबिजोर प्रणाली भोलिदेखि फेरि लागू हुने



काठमाडौंः सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो । सो निर्णय बिहीबारदेखि पुनः लागू हुने मन्त्रालयले जनाएको छ ।

लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो ।

कोभिड-१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द थियो ।

प्रकाशित: साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्