रेस्लरहरुकाे अच्चमकाे साैक रिङ्गमा बिच्चछु देखि अजिङ्गर सम्म लिएर छिरे…



एजेन्सी : डब्ल्यूडब्ल्यूईमा सयौँ रेसलर्स आफ्नो दाउ र स्टाइलको कारण चर्चामा रहन्छन् । तर केहि रेस्लर यस्ता पनि छन्, जसलाई उनीहरको रिङ्गमा छिर्दाको इन्ट्रीेबाटै जानिन्छ ।

यस्तोमा केहि रेस्लर डरलाग्दा जनावर लिएर पनि रिङ्गमा छिर्छन् र अवसर पाए लगत्तै उक्त जनावर आफ्नो विपक्षिमाथि छोडिदिन्छन् । यस्तै रेस्लरको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

ज्याक द स्नेक रोबर्ट्स :- ज्याक द स्नेक रोबर्ट्स नब्बेको दशकमा धेरै चर्चित थिए । उनी रिङ्गमा इन्ट्री गर्दा उत्साहको स्तर बढ्थ्यो । उनी रिङ्गमा छिर्दा अजिङ्गर र कोब्रा लिएर पस्थे । उनले केहि पटक बिरोधीहरुलाई सर्प र अजिङ्गर समेत छोडेका छन् । त्यसपछि बेहोस भएका रेस्लरलाई अस्पताल लगिएको थियो ।

12_080320015716.jpg

रिकी द ड्रयागन स्टीमबोट :- रिकी द ड्रयागन स्टीमबोट चर्चित रेस्लर मध्येका एक हुन् । उनी ८० को दशकका खेलाडी हुन् । उनी रिङ्गमा छिर्दा गोही लिएर छिर्थे । १९८६ मा सटरडे नाइट मेन इभेण्टमा अजिङ्गर लिएर आएका ज्याक द स्नेकलाई गोहीबाट हराएका थिए ।

14_080320031459.jpg

बिग शो :- २० फेब्रुअरी सन् २००३ मा भएको स्म्याकडाउनका बेला सुपरस्टार बिग शोले अण्डरटेकरलाई हार्न विवश गराएका थिए । बिग बसले कुकुर लिएर आएका थिए ।

undertaker_080320020652.jpg

एरिक रोभन :- मार्च सन् २०२० मा एरिक रोभनलाई एक बोरामा रहस्यमयी चिज मिलेको थियो । यो म्याचमा उनले एक रो म्याच पहिला पिञ्जडाबाट बिच्छी निकालेर देखाएका थिए ।

erick_080320020632.jpg

टोरी विल्सन :- डब्ल्यूडब्ल्यूई होल अफ फेमर टोरी विल्सन अधिकांश आफ्नो कुकुरलाई लिएर रिङ्गमा जाने गर्छिन् । डब्ल्यूडब्ल्यूईमा सहभागी भएपछि उनले एक वर्षमा ३०० दिनसम्म काम गरेकी थिइन् । उनी एक रेस्लरको साथै मोडल तथा एक्ट्रेस पनि हुन् ।

torrie_080320020355.jpg

स्कट स्टाइनर :- २३ अक्टोबर सन् २००० मा स्कट स्टाइनरले सबै दर्शकलाई अचम्मित बनाएका थिए । उनले रिङ्गमा एक बाघलाई लिएर प्रवेश गरेका थिए ।

scotte_080320020342.jpg

बिग जोश :- नाम परिवतएन गर्न माहिर रेसलर म्याट ओसबोर्न उर्फ बि गजोश रेसलिङ्गको संसारमा एक चर्चित नाम हो । नब्बेको दशकमा उनी भालुलाई लिएर रिङ्गमा छिर्थे ।

big-josh_080320020330.jpg
प्रतिक्रिया दिनुहोस्