गुजरातमा कोरोना अस्पतालमा आगलागी, आठ सङ्क्रमतिको मृत्यु



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितहरुलाई राखिएको एउटा अस्पतालमा आगलागी भएको छ । उक्त आगलागीमा परी आठ जना संक्रमितको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बीबीसीलाई बताएका छन् ।

बिजुलीको शर्ट सर्किटका कारण आगो लगोको एक घण्टामा नियन्त्रणमा आएको थियो ।

उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन् ।

आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टाइनमा राखिएको छ ।

राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ भने प्रधानमन्त्री मोदीले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् ।

साथै घटनाबारे आफूले राज्यका मुख्यमन्त्रीसँग कुरा गरेको बताएका छन् ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्