एसईईको नतिजा आउँदो साता



काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ । यही साता नतिजा सार्वजनिक गर्ने तयारी गरिए पनि परीक्षाफलको रुजु गर्ने कार्य सम्पन्न नभएपछि एक साताका लागि सरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार सम्बन्धित विद्यालयबाट जिल्ला शिक्षा समन्वय समितिमार्फत प्राप्त अङ्कतालिकालाई रुजुर गर्ने कार्य भइरहेको छ । कतिपय स्थानबाट समयमा अङ्कतालिका समयमा प्राप्त नभइ ढिला हुन गएकाले नतिजा सार्वजनिकामा ढिलाई भएको हो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले गर्ने कि सम्बन्धित विद्यालयले नै गर्ने विषयमा निर्णय भइसकेको छैन । विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएकोले सम्बन्धित विद्यालयले नै नतिजा सार्वजनिक गर्नुपर्ने केही अधिकारीको भनाइ छ भने केही अधिकारीले एसईईको आधिकारिताका लागि बोर्डले नतिजा सार्वजनिक गर्नुपर्ने बताइरहेका छन् ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार रुजु कार्य सम्पन्न भएलगत्तै नतिजा सार्वजनिकका विषयमा निर्णय लिइने छ । सक्दो चाँडो नतिजा सार्वजनिक गर्न बोर्ड लागिपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्