विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि



विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार आज बिहान पाँच महिलासहित ८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ । विराटनगर–२ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् ।

संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्