प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।

पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन भने गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको प्रचण्ड सचिवालय स्रोतले जनाएको छ ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्