अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना संक्रामण



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

मंगलबार आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

तर, उनीहरु कुन शाखामा काम गर्ने कर्मचारी हुन् त्यो भने खुलाइएको छैन ।

यता अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्