अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना


वासिङ्टन : अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महिनाको भन्दा पनि कम भएको हो ।

अमेरिकी रोजगारी मापन गर्ने अटोम्याटिक डेटा प्रसेसिङ (एपीडी) का अनुसार अमेरिकाका सबै किसिमका व्यवसाय र क्षेत्रमा कोभिड–१९ को असर देखिएको र यसले लामो समयसम्म प्रभाव सिर्जना गर्नेछ ।

जुलाईमा ठूला कम्पनीहरुले एक ला २९ हजार तथा साना कम्पनीहरुले ६३ हजार रोजगारी सिर्जना गरेका थिए । तर मध्यम किसिमका व्यवसायबाट २५ हजारको रोजगारी गुमेको थियो ।

कोरोनाभाइरसका कारण लकडाउन गरिएपछि संयुक्त राज्य अमेरिकामा गत मार्च महिनामा तीन लाख दुई हजार रोजगारी गुम्ने पूर्वानुमान गरिएको थियो । अप्रिल महिनामा निजी क्षेत्रले झण्डै दुई करोड रोजगारी कटौती गरेका थिए ।

अमेरिकी श्रम विभागले निजी र सरकारी दुबै क्षेत्रबाट भएको रोजगारीको मासिक प्रतिवेदन दुई दिनभित्र सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार