सलमान ‘दबंग’ खानले बि–टाउन डेब्यू गर्दा औंला चुस्थे यी अभिनेत्री



मुम्बई : डायरेक्टर सञ्जय लीला भन्सालीको ड्रिम प्रोजेक्ट मानिएको ‘इंशाअल्लाह’ मा बलिउडका ब्याडब्वाई सलमानले प्रमुख चरित्र निर्वाह गर्ने पक्कापक्की भइसकेको छ। फिल्ममा उनको अपोजिट आलिया भट्ट अनुबन्धित भएकी छन्। सलमानले सन् १९८८ मा ‘बीबी हो तो ऐसी’ बाट बलिउडमा डेब्यू गर्दा आलिया जन्मिएकी पनि थिइनन्। सल्लु मियाँको फिल्म रिलिज भएको साढे ४ वर्षपछि आलियाले आमाको कोखबाट पृथ्वीमा पदार्पण गरेकी थिइन्।

ज्याकलिन फर्नान्डिज 

ज्याकलिन फनान्डिज र सलमान खानले पछिल्लो पटक फिल्म ‘रेस ३’ मा सँगै काम गरेका थिए। सलमानको डेब्यु फिल्म ‘बीबी हो तो ऐसी’ रिलिज हुँदा ज्याकलिन ३ वर्षकी ११ महिनाकी थिइन्। 

दिशा पटानी

सलमानको घरेलु प्रोडक्सनको अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ मा दिशा पटानी मुख्य भूमिकामा देखिने छिन्। उनको जन्म ‘बीबी हो तो ऐसी’ रिलिज भएको ४ वर्षपछि भएको थियो। 

क्याट्रिना कैफ

क्याट्रिना कैफले सलमानसँग धेरै फिल्ममा सँगै काम मात्र गरेकी छैनन्, सलमानसँग उनको अन्तरंग सम्बन्धसमेत रहीसकेको छ। ‘बडीगार्ड’ खानको डेब्यू फिल्म निर्माणताका उनी ५ वर्षकी थिइन्। 

सोनम कपुर

सोनम कपुरले ‘बजरंगी भाइजान’ खानसँग ‘प्रेम रतन धन पायो’ फिल्ममा काम गरिन्। सन् १९८८ मा सलमानको डेब्यू फिल्म सुटिङताका उनी पनि ३ वर्षकी थिइन्। 

अनुष्का शर्मा

अनुष्का शर्माले फिल्म ‘सुल्तान’मा ‘टाइगर’ खानसँग सिल्भर स्क्रिन सेयर गरेकी थिइन्। सलमानले बलिउडमा डेब्यू गरिरहँदा उनी पनि ३ वर्षकी थिइन्। 

करीना कपुर

करीना कपुरले सलमानसँग करोड क्लबका फिल्म ‘बडीगार्ड’ र ‘बजरंगी भाइजान’ सँगै काम गरिसकेकी छन्। सल्लु भाइको डेब्यू फिल्म निर्माण भइरहँदा करीनाको उमेर ७ वर्ष ११ महिना थियो भन्छन् बलिउडका फिल्मी पंडितहरू। 

प्रियंका चोपडा

पिसीको संक्षिप्त नामले परिचित प्रियंका चोपडाले पनि ‘सुल्तान’ खानसँग ‘सलाम–ए–इश्क’ र ‘मुझ से शादी करोगी’ फिल्ममा अभिनय र ग्ल्यामरको जलवा देखाइसकेकी छन्। सन् १९८८ मा सलमानले बलिउडमा पहिलो पाइला टेक्दा पिसी पनि जम्माजम्मी ६ वर्षकी थिइन्।

प्रतिक्रिया दिनुहोस्