प्रदेश–१ मा बाढीपहिरो र चट्याङबाट १६ को मृत्यु


विराटनगर : यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेश–१भरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भन्ने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ तेह्रथुम निवासी अन्जना लिम्बू, मेचीनगर–९ झापा निवासी विवेद दर्नाल, भद्रपुर–२ झापा निवासी अङ्कुश तामाङ, करण थामी, अर्जुन थामी, सुनवर्षी–६ र ५ निवासी नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभा निवासी निमा शेर्पा, भद्रपुर–२ झापा निवासी कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङ निवासी सौगात राई र रामधुनी–७ सुनसरी निवासी दिपेश लिम्बू र मन्दीप लिम्बू छन् ।

दिपेश लिम्बू र मन्दीप लिम्बूको अरिङ्गालले टोकेर मृत्यु भएको बताइएको छ भने अन्यको पहिरो, बाढी र रुखले किचेर मृत्यु भएको मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिए ।

यसैगरी, बेपत्ता हुनेमा सिलिङचोङ–१ सङ्खुवासभा निवासी उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई छन् । उनीहरु असार २८ गते भारी वर्षाका कारण पहिरोमा परी बेपत्ता भएको उपसचिव थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद