चीनले आफ्नो भूमि अतिक्रमण गरेको दाबी गर्ने दस्तावेज गायब



काठमाडौंः चीनले मे महिनाको आरम्भमा भारतको पूर्वी लद्दाख क्षेत्रमा अतिक्रमण गरेको स्वीकार गर्ने एक दस्तावेज भारतको रक्षा मन्त्रालयको वेबसाइटमा दुई दिन राखिएपछि हटाइएको छ । ‘चिनियाँ आक्रामकता वास्तविक नियन्त्रण रेखा क्षेत्रमा बढिरहेको छ र विशेष गरी गलवान उपत्यकामा मे ५ देखि बढेको छ । चिनियाँ पक्षले कुङराङ नाला, गोगरा र पांगोङ तालमा मे १७ र १८ मा अतिक्रमण गरेको थियो ।’

मन्त्रालयले आफ्नो वेबसाइटको ह्वाट्स न्यु सेक्सनमा एलएसीमा चिनियाँ आक्रामकता शीर्षकमा राखिएको थियो । उक्त दस्तावेजमा परिस्थिति साम्य बनाउन दुवै पक्षका सशस्त्र बलले धरातलीय स्तरमा अन्तर्क्रिरया गरिएको भनी लेखिएको छ । कोर्प्स कमान्डरहरूको फ्ल्याग मीटिङ जुन ६ मा भएको थियो । ‘तर जुन १५ मा दुई पक्षबीच हिंस्रक झडप भयो र दुवैतर्फ हताहती भयो ।’

‘पूर्वी लद्दाखमा चीनले एकपक्षीय रूपमा गरेको आक्रामकताका कारण परिस्थिति अझै संवेदनशील बनिरहेको छ र नजिकैबाट निगरानी गर्नुपर्नेछ । बदलिँदो परिस्थितिमा शीघ्र कारवाही पनि चलाउनुपर्नेछ,’ दस्तावेजमा लेखिएको छ ।

तर बिहीवार बिहान उक्त दस्तावेज वेबसाइटबाट गायब भयो र लिंकले पनि काम गरिरहेको छैन । उक्त दस्तावेज आफूले हेर्न नपाएको रक्षा मन्त्रालयका एक प्रवक्ताले बताए । मे महिनामा एलएसीमा तनाव शुरू भएदेखि पहिलोपटक भारतको आधिकारिक दस्तावेजमा चिनियाँ आक्रामकताको उल्लेख गरिएको हो ।

तर यसलाई रहस्यमयी तरिकाले गायब बनाइएको छ । विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले चिनियाँ अतिक्रमणका विषयमा मोदी सरकारले लगातार झूट बोलिरहेको बताउँदै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको कुनै पनि भूमिमा चिनियाँ अतिक्रमण नभएको बयान दिइसकेका छन् ।

एजेन्सी

प्रकाशितस् साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्