सुखडः कैलालीको घोडाघोडी नगरपालिकामा गलत ठाउँमा डम्पिङ साइट बनाउन लागेको भन्दै स्थानियहरुले विरोध गरेका छन् ।
वडा नं.१० स्थित वीरेन्द्र सामुदायिक बनमा डम्पिङ साइट बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका हुन् । केही दिन अगाढी पनि त्यस ठाउँका स्थानियहरुले विरोध गरेका थिए । बुधबार फेरी थेबै गाउँका स्थानियहरुले वन भित्र राखेका निर्माणधिन सामाग्रीहरु तितर बितर गरी दिएका छन् ।
आफुसँग कुनै छलफल नगरेर एक्कासी वन भित्र डम्पिङ साइट बनाउने खबर सुनेपछि त्यसको बिराध गरेको टिकाराम चौधरीले बताए । आफुहरुले संरक्षित गरेको सामुदायक वनमा डम्पिङ साइट बनाउन नदिने उनले बताए । मनोमानी ढङ्गबाट बन क्षेत्र भित्र डम्पिङ साइड बनाउन लागेको उनको आरोप छ ।
डम्पिङ साइट निर्माण हुँदा पछि दुर्गन्धका कारण घरमै बस्नका लागि दिर्घकालिन समस्या आउन सक्ने स्थानिय गोमा चौधरीले बताईन् । डम्पिङ साइटमा आगो लगाउँदा पलास्टिक जन्य बस्तु समेत जल्ने भएकाले सो क्षेत्रका स्थानीयलाई झनै समस्या हुने उनिहरुको भनाई छ । प्रदेश सरकारको १६ लाख बजेटमा त्यस ठाउँमा डम्पिङ साइट बनाउन थालिएको हो ।
सामुदायिक बनका अध्यक्ष सुरेश कठायतले भने सबैसँग समन्वय र छलफल गरेर नै डम्पिङ साइट बन्न लागेको बताए । सामुदायिक वनले डम्पिङ साइट बनाउने कुनै निर्णय नगरे पनि जनप्रतिनिधि, सरोकारवाल व्यक्ति, बुद्धिजिवी र स्थानियहरुको सहमतिमा काम अगाढी बढेको उनले बताए ।
सम्बन्धित व्यक्तिहरूलाई यस विषयमा सोधेर काम अगाडी बढाएको सुरेश कठायतले बताए । १ सय ३२ घर धुरीको हस्ताक्षर पत्र सहित डम्पिङ साइट निर्माण प्रकृया रोक्न आफुलाई लिखित उजुरी आएको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले बताए ।
गाउँका भल्मन्सा टिकाराम चौधरी संयोजकत्वमा आफुलाई उजुरी आएको उनले बताए । कस्ले गरेको, किन गरेको र कस्को संलग्नतामा काम भईरहेको छ,भनेर आफुले वनका अध्यक्षलाई लिखित रुपमा जबाफ मागेको उनले बताए । डम्पिङ साइट निर्माणका लागी सब डिभिजन वन कार्यालय सगँ कुनै छलफल नभएको उनले बताए ।
वडा नम्बर १० को वडा कार्यालयले भने लिखित सहमती नभए पनि सबैको मौखिक सहमती अनुसार नै काम अगाढी बढेको कार्यालयले जनाएको छ ।
प्रकाशित: साउन २२, २०७७