प्रदेश २ मा भारतीय राजदुतावासका एक जना कर्मचारीसहित ६३ जनामा संक्रमण पुष्टी



जनकपुरधामः प्रदेश नं.२ मा भारतीय राजदुतावास वीरगञ्जका एकजना कर्मचारी सहित पछिल्लो २४ घण्टामा ६३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार पर्सामा ३९ जना, धनुषामा ९ जना, सर्लाहीमा ८ जना, बारा र महोत्तरीमा २-२ जना एवं रौतहट, सप्तरी र सिरहामा १-१ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । संक्रमितमध्ये ४ हजार ८ सय २६ पुरुष र ५ सय ९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर–९ देखि १६ सम्मका ७ देखि ७३ बर्ष उमेर समुहका ४ जना महिला र १६ देखि ६० बर्ष उमेर समुहका १९ जना पुरुष, पकहा मैनपुर गाउँपालिका–२ का २७ बर्षिय एक पुरुष, पोखरिया नगरपालिका–६ का ३३ बर्षिय एक पुरुष, चण्डी प्रसाद गणमा कार्यरत ३२ देखि ३५ बर्ष उमेर समुहका ५ जना नेपाली सेना, श्रीपुर आर्मी ब्यारेकका ३३ देखि ३७ बर्ष उमेर समुहका ५ जना आर्मी स्टाफ, भारतीय राजदुतावासका ३० बर्षिय एक पुरुष कर्मचारी र नारायणी अस्पतालको क्वार्टरमा रहेका ४२ र ४८ बर्षिय २ जना पुरुष रहेका छन् ।

धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ र २३ घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २७ देखि ५४ बर्ष उमेर समुहका ३ जना पुरुष, लक्ष्मिनीया गाउँपालिका वडा नम्बर–५ घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी ३४ बर्षिया एक महिला, आन्तरिक मामिला तथा कानून मन्त्रालयका ४५ बर्षिय एक पुरुष कर्मचारी, कर्मचारी सञ्चय कोष जनकपुरमा कार्यरत ३८ बर्षिय एक पुरुष कर्मचारी र शहीदनगर नगरपालिका–८ स्थित क्वारेन्टाइनमा रहेकी २७ बर्षिया एक महिला एवं ६ बर्षिय बालक तथा २६ बर्षिय पुरुष रहेका छन् ।
सर्लाहीको रामनगर गाउँपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ४० बर्षिय एक पुरुष र ईश्वरपुर नगरपालिकाकी २५ र ४० बर्षिया २ जना महिला एवं ७ देखि ५५ बर्ष उमेर समुहका ५ जना पुरुषहरु संक्रमित भएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित क्वारेन्टाइनमा रहेकी २३ बर्षिया एक महिला र ठेगाना खुल्न नसकेका हाल नारायणी अस्पताल वीरगञ्जमा कार्यरत ३७ बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।

बाराको देवताल गाउँपालिकाकी २२ बर्षिया एक महिला र प्रसौनी गाउँपालिका–२ की ७३ बर्षिया एक बृद्धा संक्रमित भएका छन् भने रौतहटको मौलापुर नगरपालिकाका २७ बर्षिय एक पुरुष, सप्तरीको रुपनी गाउँपालिका–५ का ४२ बर्षिय एक पुरुष र सिरहाको नरहा गाउँपालिका–३ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ३६ बर्षिय एक पुरुष कोरोना संक्रमणको चपेटमा परेका छन् ।

प्रदेशभरीमा बिहीबारसम्म सप्तरीमा ९ हजार ३ सय १२, सिरहामा ४ हजार ५ सय ६७, धनुषामा ६ हजार ८ सय ५, महोत्तरीमा ४ हजार २ सय ९७, सर्लाहीमा ६ हजार २ सय ७२, रौतहटमा १५ हजार ८ सय ८९, बारामा ५ हजार ४ सय ९ र पर्सामा १२ हजार ५ सय ४३ जना गरि जम्मा ६५ हजार ९४ जनाको स्वाब परिक्षण गरिएकोमा ५ हजार ३ सय ३५ जना संक्रमित भएका छन् भने ५५ हजार ५ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार १ सय ३, सिरहामा ४ सय २, धनुषामा ६ सय ८०, महोत्तरीमा ६ सय ४७, सर्लाहीमा १ सय, रौतहटमा २ सय २१, बारामा २ सय २६ र पर्सामा ८ सय १६ जना गरि कुल ४ हजार १ सय ९५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय ६५, सिरहामा ३ सय ५१, धनुषामा १ सय ६६, महोत्तरीमा २७, सर्लाहीमा ७१, रौतहटमा ७९ र पर्सामा ५ सय ३६ जना गरि १ हजार ३ सय ९५ जनाको स्वाब संकलन गरिएको छ ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ८ सय ६७ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ६३, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ६, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना गरि कुल १ हजार २ सय ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ६ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १५ हजार १ सय ४२ बेड क्षमताको २ सय २८ वटा क्वारेन्टाइनमा अहिले १ हजार २ सय ६६ जनालाई राखिएको छ भने २ हजार ६ सय ४३ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ४ सय ६६ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ५९, सिरहामा २८, धनुषामा १ सय १२, महोत्तरीमा ५२, सर्लाहीमा ५६, रौतहटमा ६, बारामा २० र पर्सामा ३ सय ८० जना गरि ८ सय १३ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ६० जना संक्रमित भएका छन् । महोत्तरीमा ८ सय ५४, धनुषामा ७ सय ७३, पर्सामा ७ सय ६७, सर्लाहीमा ७ सय ३९, सप्तरीमा ५ सय २४, सिरहामा २ सय २० र बारामा १ सय ९९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा यस प्रदेशमा २३ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ८, महोत्तरीका ४ र पर्साका ११ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ५४, सिरहाका १ सय ६६, धनुषाका ५ सय ९४, महोत्तरीका ३ सय ६१, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५०, बाराका १ सय ७० र पर्साका २ सय ८ जना गरि ३ हजार २ सय ५५ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १४, धनुषामा २, बारामा २, सप्तरीमा २, रौतहटमा २, सर्लाहीमा १ र महोत्तरीमा १ जना गरि २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: साउन २२, २०७७

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्