कैलाली प्रशासनले हप्तामा २ दिन मात्र सेवा दिने



कैलालीः कैलाली प्रशासनले हप्तामा २ दिन मात्रै सेवा दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबारदेखि स्थानीय तहगत रूपमा सेवा प्रवाह गर्ने भएको हो । हप्तामा दुई दिन कार्यालयले स्थानीय तहगत रूपमा सेवा प्रवाह गर्ने छ । स्वास्थ्य सुरक्षा सर्तकता तथा भौतीक दुरी कायम गर्दै सेवा प्रवाह गर्ने जनाएको छ ।

(कोभिड-१९) को संक्रमण फैलिन नदिन, सामाजिक भौतिक दूरी कायम गर्न, दिना नुदिन कार्यालयमा सेवाग्राहीको चाप बढदै गएकाले कोरोना को जोखिम पनि बढदै गईरहेकाले शुक्रबारदेखि अर्को व्यवस्था नभए सम्मका लागि कार्यालयले स्थानीय तहगत रूपमा सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

आईतबार र बुधबार गोदावरी नगरपालिकामा, सोमबार र बिहीबार कैलारी गाउँपालिकामा मंगलबार र शुक्रबार धनगढी उपमहानगरपालिकामा र सोमबार र बुधबार चुरे गाँउपालिका भित्रका सेवाग्रहीलाई सेवा दिईने भएको छ ।

यस्तै आजैदेखी जोर बिजोर प्रणाली लागु गरेको र राती ९ बजे देखी बिहान ५ बजेसम्म आवगमन बन्द गरेको छ । सेवाग्रहीले सेवा लिन आउदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

प्रकाशित: साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्