सर्वोच्च अदालतको कामकारबाही कटौती हुने



काठमाडौंः सर्वोच्च अदालतले फेरि सेवा कटौतीको निर्णय गरेको छ । सर्वोच्चमै कार्यरत एक जनामा कोरोना संक्रमण देखिएपछि सेवा कटौतीको घोषणा गरेको हो ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार अब बन्दीप्रत्यक्षकरण, रिट निवेदनको दर्ता र सुनुवाई, अन्तरिम आदेशको छलफल हुनेछ ।

पुनरावेदन निवेदन दर्ता, थुनुवा रहेका मुद्दाको सुनुवाई, पुनरावलोकनको निवेदनको सुनुवाई पनि हुनेछ । अदालतका अरु नियमित मुद्दामामिलाका काम र सुनुवाई अहिलेको अवस्थामा स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित: साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्