काठमाडौंको चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड प्रहार



काठमाडौं : गत साउन ८ गते २२ वर्षीया युवतीमाथि काठमाडौंको बाफलमा भएको एसिड आक्रमणको घटना सेलाउन नपाउँदै फेरी काठमाडौंको चुच्चेपाटीमा अर्को एसिड आक्रमण भएको छ ।

बिहीबार साँझ करिब ९ बजे चुच्चेपाटीमा आमा छोरीमाथि एसिड आक्रमण भएको छ । हेटौँडा घर भई चुच्चेपार्टी बस्दै आएका अन्दाजी ४४ वर्षीय राजन विष्टले श्रीमती र छोरस्लाई एसिड प्रहार गरेका हुन् ।

‘सजाय यस्तो होस् कि कसैलाई सोच आयो भने पनि हात कापोस्’

विष्टलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । उनले मादक पदार्थ सेवन गरी एसिड प्रहार गरेको प्रहरीको भनाई छ । विष्टलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ ।

एसिड प्रहारबाट आमा छोरीको टाउको र अनुहारका केही भाग जलेको छ भने उनीहरुलाईे अस्पताल लगिएको छ ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्