गायक कार्कीको ‘डुब्लिकेट माया’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं : गायक कृष्ण कार्कीको स्वरमा ‘डुब्लिकेट माया’ युट्युबमा सार्वजनिक भएको छ । बिहीबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक कार्कीसँगै अप्सरा घिमिरेको पनि स्वर रहेको छ ।

यसअघि ‘घरबार’ बोलको गीत गाएर चर्चामा आएका गायक कार्कीको नयाँ गीत ‘डुब्लिकेट माया’ मा टुरिष्ट जंग बिकको शब्द रहेको छ भने सन्तोष सुनारको संगित रहेको छ । यसैगरी, रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई मनोज बस्नेतले निर्देशन गरेका छन् ।

गीतमा अभिनेता नाजिर हुसेन, अभिनेत्री आँचल शर्मा र लोकप्रिय हाँस्यकलाकार सागर लम्साल ‘बले’ को अभिनय रहेको छ । उक्त गीत एट के एभेरेष्ट मोशन पिक्चर्सको युट्युब एकाउन्टमार्फत सार्वजनिक भएको छ ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्