पहिरोमा पुरिएर बैतडीमा आमा–छोराको मृत्यु



बैतडी : पहिरोमा पुरिएर बैतडीमा आमा–छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिँदा डिलाशैनी गाउँपालिका–४ का ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा भने सकुशलका छन् ।

‘घरको माथिल्लो तलामा सुतेका आमा–छोराको मृत्यु भएको हो । तल सुतेका छोरी र उनी साथी भागेर बाँचेका उनले बताए ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्