म्याक्स टिभी एसइई डान्स च्याम्पियनसिप २०१९ हुने



काठमाडौं : ६० जना विद्यार्थीलाई प्लस २ मा पूर्ण छात्रवृत्ति दिने योजनासहित ‘म्याक्स टिभी एसइई डान्स च्याम्पियनसिप २०१९’ आयोजना हुने भएको छ। रियालिटी टिभी सो डान्स च्याम्पियनसिपको अडिसन वैशाख १० देखि २५ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ। 

काठमाडौं, पोखरा, धरान, बिर्तामोड, कोहलपुर, सुर्खेत, धनगढी, बुटवल, नारायणघाट, धादिङ, इलाम र बनेपामा हुने अडिसनबाट छानिएका ६० जनालाई टिभी राउन्डमा ल्याइनेछ।

डान्स च्याम्पियनसिप ४ राउन्डमा सञ्चालन गरिने आयोजक बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले जानकारी दिएको छ। 

गम्भीर बिस्ट, नन्दा बस्याल र प्रेम श्रेष्ठ डान्स रियालिटी सोको निर्णायक छन्। आयोजकका अनुसार च्याम्यियनसिप विजेतालाई नगद १ लाख रुपैयाँसहित स्कुटर पुरस्कार प्रदान गरिनेछ। दोस्रो हुनेलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। 

सो एनटिभी प्लस र म्याक्स टिभीबाट प्रशारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्