प्रशिक्षक खड्का भन्छन् : शुक्रबार हाम्रो दिन हो



विराटनगर : नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले शुक्रबार इतिहास बनाउने दिन भएको बताएका छन्। पाँचौ साफ महिला च्याम्पियनसिप फाइनलको पूर्वसन्धामा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा खड्काले चिरपरिचित बलियो प्रतिद्वन्द्वीलाई पाखा लगाएरै छाड्ने बताए। उनले अघिल्ला ३ खेलबाट आफू विश्वस्त भएको भन्दै जित सुनिश्चित भएको बताए।

‘हामी ढुक्क छौं, शुक्रबार हाम्रो दिन हो’, खड्काले भने, ‘लामो अनुुभव र मेहेनतबाट हामी विश्वस्त हौं की, नेपाली महिला फुटबल टिमले इतिहास बनाउँछ।’ फाइनल जित्न आक्रमण रुपमा मैदान प्रवेश गर्ने रणनीति रहेको खड्काले बताए। मैदानमा कुनै प्रेसर नदिने हुँदा ढुक्क भएर आत्मविश्वासहित खेलाडीको प्रस्तुती रहने उनको बुुझाइ छ।

भारतीय टिमसँग खेल्दा घरेलु दर्शकको साथले हौसला बढ्ने खड्काले बताए। भारतीय टिमलाई हिरो गोल्डकपमा जितेपछि नेपाली खेलाडीका मनोवल ह्वात्तै बढेको उनको बुुझाइ छ। हरेक खेलमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन भइरहेको बताउँदै उनले भने,‘अहिले हाम्रो टिमसँग डोमिनेटिङ समाप्त भएको छ, यो ठुलो कुरा हो।’

त्यस्तै कप्तान निरु थापाले भारतीय टिमसँग डोमिनेट भएर खेल्नुपर्ने अवस्थामा नरहेको स्पष्ट पारिन्। ‘हारिहालिन्छ भन्ने सोचले ग्रस्त हुँदा र जित्न सकिन्छ भन्ने भावनाबाट खेल्दा निस्कने परिणामले ठुलो अर्थ राख्छ’, उनले भनिन्। थापाले कोचको मनोवैज्ञानिक प्रशिक्षणले राम्रो काम गरेको बताइन्। भारत भन्ने बित्तिकै डर लाग्ने सोच प्रशिक्षक खड्काको निरन्तरको प्रशिक्षणले भागेको थापाले स्पष्ट पारिन्।

यता निरन्तरको विजेता भारतले भने नेपाली टिमको पछिल्ला प्रस्तुतीलाई सामान्य ढंगले नहेरेको बताएको छ। भारतीय टोलीका प्रशिक्षक मायामोल नेदुुगदान रकिले नेपाली टिम बलियो रुपमा आए पनि आफ्नो तयारी पनि कमजोर नरहेको स्पष्ट पारिन्। ‘नयाँ ठाउँ, नयाँ परिवेश भए पनि  प्रतियोगीता जित्न कन्फिडेन्ड छौं’, उनले भनिन्।

टिम कप्तान आशालता देवीले नेपाल र भारतको खेल निकै राम्रो हुने बताइन्। ‘नेपाली टिम र उसको क्षमतालाई म संधै सम्मान गर्छु’ उनले भनिन्, ‘मैदानको तयारीमा हामी न प्रेसर न त रिल्याक्स सिच्यूयसन नै रहन्छौँ।’ महिला साफको चार संस्करणमा भारत च्याम्पियन बनेको छ। यसअघि तीन पटक फाइनलमा पुगेर पनि उपाधी चुम्न नसकेको नपाली महिला फुुटबल टिम ट्रफी उचाल्ने पर्खाइमा रहेको छ। 

आशीर्वाद माग्न वृद्धाश्रममा

पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलका लागि अन्तिम तयारीमा जुुटेको नेपाली टिम आशीर्वाद माग्न वृद्धाश्रम पुुगेको छ। विराटनगरको विराटेश्वर वृद्धाश्रममा पुुगेका खेलाडीले शुक्रबारको जितका लागि आशीर्वाद मागेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अधिकारी, मुख्यप्रशिक्षक हरि खड्कासहित वृद्धाश्रम पुुगेका खेलाडीले त्यहाँ रहेका वृद्धाहरूलाई जुस र फलफूल खुवाएका थिए। उनीहरूले वृद्धवृद्धाको हातबाट अविर ग्रहण गर्दै होली मनाएका छन्।

प्रतिक्रिया दिनुहोस्