राम मन्दिर शिलान्यास र जनकपुरधाम जानकी मन्दिरको मौलिकता



हिन्दुहरूको धर्म मार्गमा दुई स्थलको ठुलो भूमिका रहेको छ । पहिलो मार्ग अर्थात हाल उत्तरप्रदेश र प्राचिन शहर अयोध्या, जहाँ संस्कृति बचाउन सर्वाेच्च अदालत सम्म लडेर राम मन्दिरको निर्माण कार्य अग्गी बढाउन लागिएको छ र आज त्यसको सिलान्यास कार्य भएको छ ।

भारतीय प्रधान न्यायाधीश रंजन गोगोईको नेतृत्वमा सर्वोच्च अदालतको न्यायाधीश संवैधानिक पीठले (अब सेवानिवृत्त) नोभेम्बर ९, २०१९ मा सर्वसम्मतिले बाबरी मस्जिद भएको अयोध्याको जग्गा राम लल्लाको हो भन्ने निर्णय सुनाएको थियो । अदालतको आदेशले लामो लडाईएको कानुनी लडाईको अन्त्य ग¥यो र भव्य राममन्दिर निर्माणको लागि मार्ग प्रशस्त ग¥यो । शीर्ष अदालतले मन्दिर निर्माण संसारको निरीक्षण गर्न केन्द्र स्थापना गर्न भरोसा केन्द्रको आदेश दियो । यसका साथै सरकारले अयोध्याको प्रमुख स्थानमा मस्जिद निर्माणका लागि सुन्नी वक्फ बोर्डलाई ५ एकड (१२ बिघा) जग्गा उपलब्ध गराउन निर्देशन पनि दियो । १५२८ देखि चल्दै यस संस्कृतिक लडाइमा केवल भावना र श्रद्धाको जित भयो ।

रामको गुनगान गर्दै मुस्लिम बिज्ञहरु मध्ये डा. सर मोहमद इकबालले भनेको छन् “भारतलाइ रामको अस्तित्वमा गर्ब छ र बुद्धिजिबीहरु ले रामलाई भारतको नेता मन्द छन् ।”

दोस्रो मार्ग अर्थात प्राचिन मिथिलाको राजधानी तथा बिदेहराजा जनकको नगरी जनकपुरधाम भनेर परिचित शहर जनकपुरधाम । रामायणको अनुसार विदेह राज्य को २३ वा साशककालमा मिथिला राज्यमा ठुलो खडेरी भएको थियो जसको अनुपात राजा जनकको राज पुरोहित र धर्म गुरुले राजालाई औता यज्ञ सहित आफै गएर खेत जोत्न आग्रह गरे त्यस पस्चात मात्र इन्द्रले पानिको वर्षा गर्ने छन् । राज गुरु र धर्म गुरुको आदेश पालन गर्दै जब राजा जनकले दक्षिण पश्चिम तिरको खेतमा यो कार्य गर्दै जादा उनलाई जमीन मुनि वाट औता दिव्य कन्या प्राप्त गरेका थिए जो पछि गएर मिथिला राज्यको प्रधान मन्त्रिपनि बनि उनलाई सीताको नामले विश्वले चिने । उनै जनकको छोरीको बिहे त्यसबेलाको अयोधयाको राजा दसरतको छोरा सित सिताको बिहे जनकको राजधानी जनकपुरधाममा भएको हो ।

सुन्दा सहज लागे पनि त्यो एउटा राजनीतिक विवाह थियो र रामले त्यस बेलाको शिव धनुषलाई उठाएर आफ्नो बिरताको परिचय दिएका थिए, त्यो धनुष राम भन्दा पहिले केवल सिताले उठाएकी थिइन् । यसरी राम र सिताको नाता गासिएको हो र सोहि अनुसार अयोध्या र जनकपुरधामको पनि व्यवहारीक बिहे भएको मान्न सकिन्छ ।

तर येस्तो गौरवसाली इतिहास बोकेको जनकपुरधामको दुर्दशा कसरी यस्तो भयो ?

राजनीतिक अहंकारको सिकार जनकपुरधाम
जनकपुरधाम नेपालकै इतिहासको सबै भन्दा एतिहासिक र पुरानो शहर हो । जसको सौर्य गाथा र मौलिकतालाई नेपाल सरकारको नीति र नियतले तहस नहस पारेको छ । हाल नेपाली जनताले जुन लोकतन्त्रको अभ्यास गर्दै छन्, त्यसको आगमननै जनकपुरधाममा दुर्गानन्द झाले गरेका हुन् । २५ माघ २०१८ वि.स. मा भएको बम काण्ड, जुन राजा महेन्द्र जनकपुर आएको बेला प्रहार भएको हो ।

उक्त घटनाको मुख्य मसिहानै कांग्रेसको नेतृत्वमा दुर्गानन्द झा, अरबिन्द ठाकुर र दल सिंह थापाले गरेको थिए । शासक वर्गमा भएको त्यो बेला ठुलो घटना थियो । राज्य सरकारले आफ्नो कानुन परिवर्तन गरेर दुर्गानन्द झालाई फाँसीको सजाय दिइएको थिए भने अरु २ नेता लाई आजीवन कारावास सुनाएका थिए । जनकपुरधामको आवाजलाइ दबाउने नीतिको प्रारम्भ यही घटनाबाट भएको हो । जसको उदहारण स्वरुप २०२७ सालमा यदुकुहामा कामेश्वर कुशवाहालाई प्रहरीको बिरोध गर्दा गोलि हानि हत्या गरियो र त्यस पछि डा. लक्ष्मी नारायण झा जसको खबर आज सम्म पता लागेको छैन ।

हाल धनुषाको ४ चुनाबी क्षेत्रमा मातृका प्रसाद यादव, उमा शंकर अगरगरिया, राजेन्द्र महतो र रघुबीर महासेठ जस्ता शिर्ष नेताज्युहरु जितेका छन्, तर पनि पार्टीगत हिसाबले जनकपुरधामको लागि विकासको नीति ल्याउन सफल भएका छैनन् ।

ब्यूरोक्रेटिक भेदभाव
त्यहि बेला देखि जनकपुरलाइ नीतिगत रुपमा नष्ट पार्ने निर्णय गरियो । त्यसको उदाहरण स्वरुप जनकपुरधामलाई शहर योजना र विमानस्थत निर्माण कार्यलाई राजविराजमा ग¥यो । सिताको पावन भुमि हुँदा पनि केन्द्र सरकारले रामनवमीमा बिदा दिने चलन त दिए तर सिताजन्मोत्सवलाई कहिल्यै प्राथिमिकतामा राखेनन् ।

गएको १० सालको मात्रै कुरा गर्ने हो भने नेपाल सरकारको कुनै पनि आर्थिक बजेटमा जनकपुरधामको शिक्षा, स्वास्थ्य वा संस्कृति उथानको लागि कुनै ठोस प्याकेजको घोसना भएको छैन । २०१५ मा भारत सरकारले रामायण सर्किटको घोषणा गर्यो जसमा अयोध्यालाई हवाई मार्ग र सडक मार्ग बाट जोड्ने हेतु २२०० करोडको प्याकेज घोषना गरे तर उक्त कुरा नेपाल सरकारको नीतिले कतै प्रष्ट परेको देखिदैन् । सोहि ब्यूरोक्रेटिक बदला भावना ५९ साल बितिसक्दा पनि हटेको छैन । पटक पटक जनकपुरधामले सरकारी नियतिको क्रुर व्यबहार भोग्दै आएको छ ।

हाल एकातिर राम मन्दिरको कार्य अगाडी बढ्दै छ भने अर्को तिर जानकी मन्दिरलाई कुरुपित र कमजोर बनाउने कार्य हुँदै आएको छ । जानकी मन्दिरसँग टाँसिएको जग्गामा जानकी मन्दिर भन्दा ठुलो भवन निर्माण हुनु र कुनै पनि सरकारी निकायले त्यसमा अवरोध त परै जाओस एक शब्द पनि न बोल्नु यसको प्रमाण हो ।

जानकी मन्दिर भित्र नयाँ संरचना निर्माण गरिन्छ । मन्दिरलाई नै असर पर्ने गरी मार्बल लगाइन्छ । जानकी मन्दिरको जग्गामाथि गैर कानुनी तरिकाले देवालरपर्खाल भत्काइन्छ छ । सहर भित्र भएको पोखरी, मन्दिर र कुटीहरू एक–एक गरी नास्न दिनु र उर्जी गरे पनि कारबाही नगर्नु ?

जनकपुरधाममा भित्र भएको गुठिको जग्गालाई लीजमा लिइ त्यहाँ व्यक्तिगत घर निर्माण गरि भोग चलन गरिन्छ, उक्त जग्गाहरूलाई बदनियत कब्जा गरि राख्दा पनि प्रहरी प्रसाशन, जिल्ला प्रशासन, गुठी संस्थान र पुरात्वत्विक विभाग मुखदर्सक बन्नुु नै यसको अर्को उदहारणहरण हो । यस्तो हजारौं मुद्दा गरिएको छ ।

जनकपुरको उथान र विकासको सम्भावना
हाल भारतमा राम मन्दिरको निर्माण कार्य सुरु हुँदा अब्ब विश्वको आँखा राम र सीताको मिलनको ठाउँमा हुनेछ । केन्द्रको नियत र स्थानीय जान प्रतिनिधिहरूको साझेदारी भयो भने जनकपुरधामलाई अन्तराष्ट्रिय स्तरमा प्रचार गर्न सकिन्छ । जसको मूल मन्त्रनै १०० वर्ष पुरानो रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न जोड गर्नु पर्छ ।

अर्को यहाँ भएको मठ, मन्दिर र धर्मशालालाई अधिक्रमणबाट बचाई हरेक स्थानलाई ध्यान केन्द्र बनाउन सकिन्छ । विश्वले खोजेको शान्ति र ध्यान गर्न केन्द्रमा जनकपुरले ठुलो भूमिका निर्वाह गर्न सकिन्छ । तेस्रो जनकपुरधामको पोखरीहरू, विश्वको कुनै पनि सहरमा १०८ वा त्यसको करिबको संख्याको धार्मिक पोखरीहरू छन् । हामीले जनकपुरलाई पोखरी को सहर भनेर पनि प्रचार गर्ने सक्छौं । जनकपुरधामलाई विश्वमा ‘डेस्टिनेशन व्यडिङ’ को हब पनि बनाउन सकिन्छ । यस्ता थुप्रै उदहारण र कार्य छन् जसले जनकपुरधामलाई विश्वमा अलग पहिचान बनाउन सकिन्छ ।

तर यो सब कुरा नयाँ होइन हरेक दसकमा जनकपुरधामको विकासको कुरा उठेको हो प्रयास पनि भएको हो तर राज्यको अहंकार जनकपुरधामको विकाश भन्दा बढी प्राथिमिकता दिने गरिन्छ ।
अतः राम मन्दिर निर्माणको लागि अयोध्यवासी लाई जनकपुर र नेपालको तर्फबाट शुभकामना ।

(यो लेख लेखक राहुल झाको व्यक्तिगत विचार हो । झा अधिवक्ता हुन् । )

प्रतिक्रिया दिनुहोस्