शेयर बजार करिब सात अङ्कले घट्यो



काठमाडाैं : मंगलबार शेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतले गिरावट आएको छ । कारोबार भएका सबै उपसमूहमा आएको गिरावटका कारण बजार घटेको हो । अनलाइन कारोबार प्रणालीमा आएको समस्याका कारण कारोबार रकम भने १५ करोड पनि पुग्न सकेन ।

मङ्गलवार बजार खुलेपछि केही बेर सुधारिएको बजार अनलाइन प्रणालीमा समस्या आए लगत्तै ओरालो लाग्न थालेको थियो । अनलाइन कारोबार प्रणालीमा आएको समस्याका कारण धेरै लगानीकर्ताले समयमा नै शेयर किनबेच गर्न पाएनन् । जसको सिधा असर मंगलबारको बजारमा देखियो । 

बजार परिसूचक नेप्से ६.८३ अङ्कले घटेर ११४७.१५ अंकमा सङ्कुचित भएको छ । यस क्रममा १५८ कम्पनीका ५ लाख ३४ हजार ९९५ कित्ता शेयरहरू २ हजार ५ सय ९२ वटा कारोबारबाट १४ करोड ८६ लाख ३३ हजार २४५ रुपैंयामा किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्