सोलु खोलाको बाढी बस्तीमा, पावर हाउस क्षेत्रमा जोखिम


सोलुखुम्बु : दूधकुण्ड मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ । आज बिहानैदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका स्थानीयवासीले बताएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–२ बेनीको खोला किनारमा विसं २०१९ मा निर्माण गरिएको बाँध कटेर नदि नै बस्तीमा प्रवेश गरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए । शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक बढेको छ । मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नुले जोखिम महसुस भएको उनको भनाइ छ ।

गएराति ठूलो स्वरमा आवाज आए पनि कुन ताल फुटेको या पहिरो गएको यकीन नभएको दूधकुण्ड क्षेत्रमा रहेका लाक्पा लामाले बताए । दूधकुण्ड र अन्य दर्जनौँ साना तालबाट बग्ने खोलाको सङ्गमस्थल बेनीभन्दा माथिबाटै धमिलो खोला आएको उनको भनाइ छ ।

“कुन ताल फुट्यो त्यो त थाहा भएन, राति चाहिँ ठूलो आवाज आएको हो”, लामाले भने, “हामीलाई पनि रात बिताउन गाह्रो भयो, अहिले सल्लेरीतर्फ झर्दैछौँ ।” खोलाको मुहान क्षेत्रमा अहिले पानीको सतह क्रमैसँग घटेको भए पनि वास्तविकता भने पत्ता लगाउनुपर्ने उनको भनाइ छ ।

खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । “जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भने, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छौँ ।”

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा पावर हाउस क्षेत्रसमेत जोखिममा परेको बताइएको छ । यस्तै २३.५ मेगावट क्षमताको माथिल्लो सोलु हाइड्रोपावरमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ । कारणवश खोलामा बाढी आएमा कम्तीमा तीन वटा बस्तीका हजारौँ नागरिक विस्थापित हुनेछन् ।

जिल्ला सदरमुकामदेखि ३० कोस उत्तरपूर्व क्षेत्रमा दूधकुण्ड पर्छ । दूधकुण्डको तलतिर विगत १० वर्षदेखि सानो सानो पहिरो खस्ने क्रम जारी रहेकाले कुण्ड जोखिममा रहेको अध्ययनकर्ता हिमाल गिरीको भनाइ छ । समयमै कुण्डको संरक्षण नगरिए जोखिम बढी हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार