पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं : ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । बिहीबार साँझ उपचारको क्रममा ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

वीरगञ्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।

पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो । उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्