धनुषामा सहर केन्द्रित सरसफार्इ अब गाउँतिर पनि



जनकपुरधाम : सरसफाई अभियन्ताहरुले सरफाई अभियानलाई निरन्तरता दिँदै धनुषाको बहुअरवामा साेमबार बिहान बृहत सरसफाई गरेका छन्  । स्थानीय सरकारका जनप्रतिनिधिदेखि प्रदेश सरकारका जनप्रतिनिधिसम्म सरसफाई कार्यक्रममा सहभागी भएका थिए । दसैं सकिए लगत्तै अभियान्ताहरु शहरमा मात्र होइन गाउँमा पनि केन्द्रित भएर सरसफाई गर्न जुटेका छन् ।

 

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने धनौंजी गाउँपालिका-५ ( वहुअरवा ) मा सोमबार भएकाे बृहत सरसफाई कार्यक्रममा कांग्रेस नेता तथा प्रदेशसभा सदस्य रामसरोज यादव, फोरम नेता सरसफार्इ अभियान्ता प्र.स.स. राम आशीष यादवसमेतको उपस्थिति रहेको थियो ।

 

जनजागरण र सरसफाई एक साथ अगाडि बढाएको सरसफाइमा सहभागी दीपक ठाकुरको भनार्इ छ । दशरथ नगरटोल सुधार समितिका अध्यक्ष ठाकुरका अनुसार जनकपुरमा केन्द्रित सरसफाई गरेर सोचे अनुरूप आमूल परिवर्तन नहुने भएकाले गाउँमा पनि गर्न लागिएकाे हाे ।

 

गाउँ-गाउँमा सरसफाई अभियान तिव्र भएपछि मात्र सकारात्मक परिवर्तन हुनेमा ठाकुर विश्वास गर्छन् । जनसंख्याको हिसाबले झन्डै पाँच हजारभन्दा बढी जनसंख्या रहेको उक्त वडामा भएको सरसफाई वडा अध्यक्ष कमल नारायण पंकजको अगुवाई र नेता द्वय राम सरोज यादव र राम आशीष यादवको प्रमुख आतिथ्यमा भएको हो ।

 

सरसफाइमा वडाका जनप्रतिनिधि बाहेक अशहाय संरक्षण मञ्चका वैद्यनाथ साह लगायत बहुअरवा समाजका विभिन्न पदाधिकारीहरुकाे उपस्थिति थियो ।

 

उक्त वडामा अहिले नियमित रुपमा अवकाश प्राप्त कर्मचारीहरुले सरसफाई समिति बनाएर सरसफाई गर्दै आएको स्थानियहरुको भनार्इ छ । प्रत्येक महिनाको १ गते  र १५ गते गरी २ पटक नियमित सरसफाई गर्ने गरेकाे स्थानीय शशि ठाकुरले बताए ।

 

धनौंजी गाउँपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको हो भने गाउँपालिकाको पाँच वडा नम्बर १ मा श्याम साह (राजपा), २ मा राजकुमार साह (कांग्रेस), ३ मा नेकपा एमालेका रामदुलार मंडल, ४ मा कांग्रेसका कलिम साफी र ५ मा कमल नारायण पंकज (फोरम) विजयी भएका थिए तर स्थानियहरु यी जनप्रतिनिधिहरुसँग सन्तुष्ट नरहेका बुझिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्