रेशम चौधरी बिरामी, वीर अस्पताल लगियो


काठमाडौँ : टीकापुर हत्याकाण्डका मुख्य आरोपी रहेका कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई वीर अस्पताल लगिएको छ ।

डिल्लीबजार जेलमा रहेका निलम्बित सांसद चौधरीको खुट्टा सुन्निएपछि उपचारका लागि अस्पताल लगिएको हो । डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार चौधरीको खुट्टा सुन्निएको र ज्वरो पनि आउन थालेपछि अस्पताल लगिएको हो । चौधरी २०७५ पुस १९ गते जेल चलान भएका थिए ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते सात प्रहरीसहित आठ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा संलग्नताको आरोपमा चौधरीविरुद्ध ज्यान मुद्दा दायर भएको र कैलाली जिल्ला अदालतको फैसलाले जन्मकैद भुक्तान गरिरहेका छन् ।

घटनालगत्तै फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जेलमै रहँदा प्रतिनिधिसभा सदस्यको शपथ लिएका उनी फौजदारी कसुरमा सजाय पाएकाले निलम्बित अवस्थामा छन् ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला