उपत्यकाको विद्युतीय तारलाई ३० महिनाभित्र भूमिगत गरिने



काठमाडौं : काठमाडौँ उपत्यकाको विद्युतीय प्रसारण प्रणालीलाई आगामी ३० महिनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सहरी सौन्दर्य गुमेको तथा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै विद्युतीय तार भूमिगत गर्न लागिएको हो । 

यसका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी केइआई इन्डष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको छ । 

प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्ने तयारी गरेको आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए ।

मध्य तथा उत्तर काठमाडौँ (महाराजगञ्ज)का आयोजना प्रमुख अधिकारीले सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम सुरु गर्ने लक्ष्य तय गरेको जानकारी दिए ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, सामान आपूर्ति, जडान र सञ्चालन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्