३६ नेपाली सवार बस भारतको छत्तिसगढमा दुर्घटना



धनगढीः भारतको बैंग्लोरमा रोजगारी गर्न गएका नेपालीहरु कैलाली फर्कने क्रममा भारतको छत्तिसगढमा दुर्घटना भएको छ ।

३६ जना नेपाली सवार बसमा कैलालीको घोडाघोडि नगरपालि र गौरिगंगा नगरपालिकाका यात्रीहरु रहेको सोही बसमा सवार घोडाघोडी नगरपालिका ४ का टेकराज अम्मैले जानकारी दिएका छन् ।

लामो गन्तव्य भएका कारण बस चालक निदाएर गाडि सडकबाट नालिमा गएको हो । सो क्षेत्र धनगढी-गौरीफन्टा नाकाबाट ११ सय किलो मिटरको दुरीमा छ । घाईतेहरुको स्थानिय अस्पतालमा उपचार गरिएको बताइएको छ ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्