वारुणयन्त्र २४ सै घण्टा व्यवस्था गर्न सबै स्थानीय तहलाई निर्देशन



काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम सुरु भइसकेकाले २४ सै घण्टा वारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । 

मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले वारुणयन्त्र सञ्चालनको लागि चौबिसै घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन दिएको बताइन् ।

उनले हावाहुरीबाट आगलागी सम्भावना बढी हुने र जसले जीउधनको क्षति हुने भएको पूर्व सजगता अपनाउन स्थानीय तहलाई निर्देशन दिएको बताइन् । 

यस्तै हावाहुरीको कारणले आगलागी तथा डढेलोको प्रकोप हुन सक्नेबारे स्थानीयलाई जनचेतना जगाउने, स्थानीय विपत् व्यवस्थापन समिति, वडा विपत् व्यवस्थापन समिति, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र र नागरिकलाई विपत् व्यवस्थापन सम्बन्धमा तयारी अवस्थामा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्