चरेशसहित दुई पक्राउ



काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। धादिङको थाक्रेका रामचन्द्र परियार र सानुभाइ दर्जीलाई चार किलो ६३० ग्राम चरेशसहित पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ। 

लागुऔषध चरेशको कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले चलाएको खोजी अभियानका क्रममा काठमाडौँ महानगरपालिका–१५ चमतीमा उनीहरुलाई पक्राउ गरिएको हो। 

सानुभाइ दर्जीको कोठा खानतलासी लिँदा झोलाबाट नौ वटा प्याकेटमा चार किलो ६३० ग्राम चरेश फेला परेको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिए। पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडाैं पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्