पाँच जना दलित युवाहरुमाथी सांघातिक कुटपिट



सप्तरी : सप्तरीमा पाँच जना दलित युवामाथि सांघाति कुटपिट भएको । शुक्रबार दिउँसो सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैयाँमा ५ जना दलितमाथि सांघातिक कुटपिट भएको हो ।

कुटपिटबाट सरोज राम, रामदुलार राम, रामानन्द राम, जितेन राम, सुन्दर राम घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि राजविराजको युनिक अस्पताल लगिएको छ ।

कुटपिट गर्नेहरुमा रन्जन यादव, शिवकुमार यादव, जितेन यादव, जितन यादव, चन्दन यादव, दलुवा यादवलगायतका रहेको घाइते सरोज रामले बताएका छन् । अश्लील रुपमा जातीय शब्दको प्रयोग गरेर गालीगलौज गरेपछि विवाद सुरु भएको थियो ।

संयुक्त दलित संघर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष प्रथमलाल रामले दोषीहरुलाई अविलम्ब पक्राउ गरी सम्बन्धित निकायसँग कारबाहि माग गरेका छन् ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्