भारत र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता


काठमाडौंः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ ।

त्यस वार्ताका क्रममा उनीहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको थियो । यी दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ । अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ । त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्कोलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले सो वार्तापछि भने-‘भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।’ उनले अमेरिका र भारतका बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा एकमत रहेको पनि सो कुराकानीका क्रममा स्पष्ट गरिएको जानकारी पनि दिए । अफगानिस्तानको सरकार र त्यहाँ हिंसा जारी राखेका तालिबान सशस्त्र विद्रोहीहरुबीच गत फेब्रुअरी २९ मा शान्ति वार्ताका लागि एक सम्झौता भएको थियो ।

कतारको राजधानी दोहामा भएको भनिएको त्यस सम्झौताको नेतृत्व अमेरिकाले गरेको थियो । त्यस शान्ति सम्झौताअनुरुप अमेरिकाले पनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बताएको थियो । अमेरिकाले पनि आफ्ना केही सेना फिर्ता गरिसकेको छ ।

त्यस्तै उता तालिबानका तर्फबाट पनि उनीहरुले गरेको माग बमोजिम अफगानिस्तानको सरकारले सरकारको थुनामा रहेका तालिबानका केही लडाकूहरुलाई रिहा गरिरहेको जनाएको छ । वार्ताको वातावरण बनेको बताइएको छ । तर वार्ता कहिलेबाट शुरु हुने हो भन्ने बारेमा भने केही स्पष्ट भएको छैन । गत हप्ता बकर इदको समयमा तालिबानहरुले अफगानिस्तानभरी युद्ध विराम गरेको घोषणा गरेको थियो ।

तालिबानको त्यस युद्ध विरामको अमेरिका र अफगानिस्तानको सरकारले पनि स्वागत गरेका थिए । पछिल्लो समयमा तालिबान र अफगानिस्तानको सरकारका बीचमा शान्ति वार्ताका लागि वातावरण बन्दै गएको बताइएको छ । एएनआइ-एजेन्सी

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।