आज मध्यरातबाट काठमाडौंका यी क्षेत्र सिल हुँदै



काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
काठमाडौं उपत्यका लगाएत वीरगन्जमा कोरोना संक्रमितको संख्या दिनहु उकालो लाग्ने क्रममा रहेको छ ।

उपत्यकामा समेत दिनहु दर्जनौँ कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिने भएको छ । उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गर्ने बताएको हो । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरिएको हो ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्