प्रधानमन्त्रीसहित ६ जनाको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

आज (शुक्रबार) बिहान लिइएको स्वाबमा प्रधानमन्त्रीसहित अन्य ६ जनाकोरिपोर्ट नेगेटिभ आएको हो ।

शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी र मुख्य सल्लाहकार विष्णु रिमालको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको संसदीय सचिवालयका स्वास्थ्य शाखा प्रमुख डा. पुष्प रिजालले जानकारी दिए ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्