आचरण विरुद्धको कार्यमा संलग्न एक प्रहरी कर्मचारी निलम्बित



जनकपुरधामः आर्थिक अनियमिततामा संलग्न भएको देखिएपछि एकजना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

नेपाल प्रहरीले भ्रष्टाचार तथा आर्थिक अनुशासन विरुद्ध शून्य सहनशीलता अख्तियार गर्दै आएको समयमा प्रहरी आचरण विरुद्ध कार्यमा संलग्न रहेका २ नम्बर प्रदेश प्रहरी गण गुल्म नं. ३ जनकपुरधाममा दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश सहनीलाई निलम्बन गरिएको हो ।

प्रहरी सहायक निरीक्षक सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक निती विरुद्ध यथेष्ट प्रमाण भेटिएको हुँदा उनलाई निलम्बन गरिएको २ नम्बर प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिए ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्