काभ्रे क्वारेन्टाइनमा युवतीले गरिन् आत्महत्या



काभ्रेः बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन् ।
१७ गते दुबईबाट फर्किएकी वडा नं.४ की २१ वर्षीया युवती क्वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरिले जनाएको छ ।

युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिए ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्