भारतमा ३५ लाखभन्दा बढी स्वास्थ्यकर्मी हड्तालमा



काठमाडौंः कोरोनाको तीव्र चपेटामा परेको भारतका ३५ लाख भन्दा बढी स्वास्थ्यकर्मी हड्तालमा उत्रिएका छन् ।

राम्रो पारिश्रमिक, बिमा, पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट) लगायतको माग गरी स्वास्थ्यकर्मीहरु दुई दिनदेखि हड्तालमा उत्रिएका हुन् ।

हड्तालको नेतृत्वको गरिरहेका सेन्टर फर ट्रेड युनियनका सचिव एआर सिन्धुले कोरोना विरुद्धको लडाईमा देशमा १०० भन्दा बढी स्वास्थ्यकर्मीहरुको मृत्यु भैसकेको भन्दै आफ्नो सुरक्षाका लागि गरिएको हड्ताल भएको बताएका छन् ।

भारतमा रहेका एक्रिडिटेड सोसल हेल्थ एक्टिभिस्ट अर्थात् आशाकर्मीहरु सामान्य रुपमा आर्थिक हिसाबले कमजोर रहेका व्यक्तिहरुसम्म पुग्ने सरकारी मान्यता प्राप्त प्रतिनिधिहरु हुन् । सरकारले उनीहरुलाई ग्रामिण क्षेत्रका घरघरमा पुगेर कोरोना बिरामीहरुको खोजी गर्ने काममा परिचालन गरेको छ ।

सरकारी स्वास्थ्य सेवा राम्रोसँग नुपगेको ठाउँमा यस्ता स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहने गरेको छ । यो हड्तालमा विभिन्न १० कर्मचारी युनियन सहभागी छन् । जसमा एम्बुलेन्स चालकसमेत छन् । एजेन्सी

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्