बुद्ध एयरको एकतर्फी भाडादर सार्वजनिक



काठमाडौं: भदौ १ गतेदेखि उडान खुल्ने भएपछि बुद्ध एयरले ७ मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ ।

कम्पनीले धनगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर र जनकपुरको भाडादर सार्वजनिक गरेको हो । धनगढीका लागि सुरुवाती एकतर्फी भाडादर ५४ सय, विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय र जनकपुरका लागि २७ सय तोकेको छ ।

त्यसका लागि (कोभिड-१९) विरुद्ध आफ्नै सुरक्षा निर्देशिका समेत बनाएर पूर्वाभ्यास समेत गरिरहेको छ । कम्पनीका अनुसार हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्