शुक्रबार प्रदेश २ मा १७९ जना संक्रमित थपिए, ४९ जना डिस्चार्ज


जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार पर्सामा १ सय ३३ जना, सप्तरीमा १८ जना, धनुषामा १० जना, सर्लाहीमा ९ जना, बारामा ५ जना र रौतहटमा ४ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको छ । संक्रमितमध्ये ४ हजार ९ सय ७४ पुरुष र ५ सय ४० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ देखि २१ सम्मका १५ देखि ६५ बर्ष उमेर समुहका १४ जना महिला र ८ देखि ७९ बर्ष उमेर समुहका २८ जना पुरुष, खल्वाटो सिरसिया वीरगञ्ज–२५ का १८ देखि ७२ बर्ष उमेर समुहका २७ जना पुरुष, वीरगञ्ज चिनी मिलका २१ र ६८ बर्षिया २ जना महिला एवं ३३ र ७२ बर्षिय २ जना पुरुष, वीरगञ्ज कारागारका २९ बर्षिया एक महिला र ६३ बर्षिय एक पुरुष, जिल्ला प्रहरी कार्यालय पर्साका ५३ बर्षिया एक महिला एवं १९ देखि ७४ बर्ष उमेर समुहका ४४ जना पुरुष, नेशनल मेडिकल कलेजका ३० बर्षिय एक पुरुष, पर्सागढी नगरपालिका–४ र ९ का ४३ र ५४ बर्षिय २ जना पुरुष, श्रीपुर आर्मी ब्यारेकका २२ देखि ३७ बर्ष उमेर समुहका ५ जना नेपाली सेना, भेटेरिनरी अस्पताल वीरगञ्जका ५० बर्षिय एक पुरुष, ठेगाना खुल्न नसकेका ३० देखि ७० बर्ष उमेर समुहका ३ जना पुरुष र तराई अस्पतालकी ४५ बर्षिया एक महिला रहेकी छन् ।

सप्तरीको राजविराज नगरपालिका–४ र ६ का ५५ बर्षिया एक महिला र ३३ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–२ का उमेर खुल्न नसकेका ४ जना पुरुष, छिन्नमस्ता गाउँपालिका–४ र ५ का २५ बर्षिया एक महिला र उमेर खुल्न नसकेका २ जना पुरुष, महादेवा गाउँपालिका–२ का ३४ देखि ३७ बर्ष उमेर समुहका ४ जना पुरुष र रुपनी गाउँपालिका–६ का २४ बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१,२ र ९ का २६ बर्षिया एक महिला र १५ देखि ५१ बर्ष उमेर समुहका ६ जना पुरुष, शहिदनगर नगरपालिका–८ की ४२ बर्षिया एक महिला र २७ बर्षिय एक पुरुष एवं ठेगाना खुल्न नसकेका ४५ बर्षिय एक पुरुष रहेका छन् ।
सर्लाहीको ठाउँ खुल्न नसकेको ५२ बर्षिया एक महिला र ४५ बर्षिय एक पुरुष, ईश्वरपुर नगरपालिकाका ४ देखि २३ बर्ष उमेर समुहका ३ जना महिला र २५ देखि ५६ बर्ष उमेर समुहका ३ जना पुरुष एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका १४ बर्षिय एक बालक संक्रमणको चपेटमा परेका छन् ।

बाराको कलैया उपमहानगरपालिका–१ का ३७ बर्षिय एक पुरुष, परवानीपुर गाउँपालिका–३ लिपनीमईका २८ बर्षिय एक पुरुष, च्युताहा घर भई हाल एनएमसिमा कार्यरत रेहका २३ बर्षिय एक पुरुष, जितपुर सिमरा उपमहानगरपालिका–७ की ३५ बर्षिया एक महिला र परशुरामपुरका ४२ बर्षिय एक पुरुष संक्रमित भएका छन् । त्यस्तै रौतहटको ईशनाथ नगरपालिका–२ लक्ष्मिनीयाका २४ र ५० बर्षिया २ जना महिला एवं २३ बर्षिय एक पुरुष र गौर नगरपालिकाका ३० बर्षिय एक पुरुष समेत कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा ९ हजार ४ सय १५, सिरहामा ४ हजार ५ सय ६७, धनुषामा ७ हजार ४३, महोत्तरीमा ४ हजार ३ सय ३, सर्लाहीमा ६ हजार २ सय ७२, रौतहटमा १६ हजार २ सय ८, बारामा ५ हजार ५ सय ७१ र पर्सामा १२ हजार ७ सय ७७ जना गरि जम्मा ६६ हजार १ सय ५६ जनाको स्वाब परिक्षण गरिएकोमा ५ हजार ५ सय १४ जना संक्रमित भएका छन् भने ५६ हजार ४ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ९ सय ३७, सिरहामा ४ सय २, धनुषामा ७ सय ३०, महोत्तरीमा ६ सय ४७, सर्लाहीमा १ सय, रौतहटमा ४ सय ७८, बारामा १ सय ९९ र पर्सामा ६ सय ६७ जना गरि कुल ४ हजार १ सय ६० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय ३, धनुषामा २ सय ३८, महोत्तरीमा ६, रौतहटमा ३ सय १९, बारामा १ सय ६२ र पर्सामा २ सय ३४ जना गरि १ हजार ६२ जनाको स्वाब संकलन गरिएको छ ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ८ सय ६८ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ६४, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ६, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना गरि कुल १ हजार २ सय ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ६ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १५ हजार १ सय ४२ बेड क्षमताको २ सय २८ वटा क्वारेन्टाइनमा अहिले १ हजार २ सय ८९ जनालाई राखिएको छ भने २ हजार ६ सय ९१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ५ सय ५ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ६९, सिरहामा २८, धनुषामा १ सय १४, महोत्तरीमा ५२, सर्लाहीमा ५६, रौतहटमा ९, बारामा ५२ र पर्सामा ५ सय ९२ जना गरि १ हजार ७२ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ६४ जना संक्रमित भएका छन् । पर्सामा ८ सय ९९, महोत्तरीमा ८ सय ५४, धनुषामा ७ सय ८३, सर्लाहीमा ७ सय ४८, सप्तरीमा ५ सय ४२, सिरहामा २ सय २० र बारामा २ सय ४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४९ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ४४, धनुषाका १ र पर्साका ४ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ९८, सिरहाका १ सय ६६, धनुषाका ५ सय ९५, महोत्तरीका ३ सय ६१, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५०, बाराका १ सय ७० र पर्साका २ सय १२ जना गरि ३ हजार ३ सय ४ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १६, धनुषामा २, बारामा २, सप्तरीमा २, रौतहटमा २, सर्लाहीमा १, सिरहामा १ र महोत्तरीमा १ जना गरि २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रौतहट : रौतहटमा थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका–४

काठमाडौं : सरकारले आज (बिहीबार) देखि चाडपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको

काठमाडौं : सरकारले आन्तरिक हवाई उडानको दैनिक कोटामा वृद्धि गरेको छ । नेपाल नागरिक उड्डयन

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्स पराजित भएको छ

नयाँ दिल्ली : भारतमा असोज २९ गतेदेखि विद्यालय र कलेज खुल्ने भएका छन् । भारतमा

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका