प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट आयो


काठमाडौं : प्रधानमन्त्री केपी ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आशंकामा शुक्रबार बिहान दिइएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्रीसँगै नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईको समेत पीसीआर परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको थापाले जानकारी दिए ।

शुक्रबार नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पीसीआर परीक्षणका लागि स्वाब दिइएको थियो । उनीहरुकोसमेत रिपोर्टसमेत नेगेटिभ आएको छ । नेपालमा कोरोना संत्रमणबाट शुक्रबारसम्म ७१ जनाले ज्यान गुमाएका छन् । २२ हजार बढी संक्रमित छन् भने १५ हजार बढीले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्।

नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।

मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा ६ हजार तीन सय ३० संक्रमित रहेका छन् । प्रवक्ता गौतमका अनुसार लक्षण भएका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला