गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा कुल ७८२ नमुना परिक्षण गरिएकोमा थप २४ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये बागलुङका १३ जना, स्याङ्जाका ७ जना, म्याग्दीका १ जना र कास्कीका ३ जना, रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये बाग्लुङका संक्रमितहरु महोत्तरी जिल्लाबाट आएकाहरु हुन् । अन्य जिल्लाका व्यक्तिहरु मध्ये पोखरा महानगरपालिका १७ र बेनी ४ का भारतबाट आएका हुन् भने बाँकि व्यक्तिहरु संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरु रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६११ पुगेको छ ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्